ताजा समाचार

रोल्पाबाट माओवादी नेता वर्षमान पुन फराकिलो मत अन्तरले विजयी

रोल्पा, २४ मंसिर । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ रोल्पाबाट विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा पुन फराकिलो मत अन्तरले निर्वाचित भएका हुन् । पुन २० हजार ७४१ मतान्तरले विजयी भएका हुन् ।

पुनले ४० हजार ६४७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंह पुनले १९ हजार ९०६ मत पाएका छन् । प्रदेशसभा तर्फ पनि माओवादी केन्द्रका दुबै उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’ दिपेन्द्र कुमार पुन ‘सिजल’ निर्वाचित भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org