ताजा समाचार

रौतहटमा कांग्रेस र फोरमबीच झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायर

रौतहट, २४ मंसिर । रौतहटमा कांग्रेसको विजयी जुलुसमा झडप भएको छ । रौतहट क्षेत्र नम्बर २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको हो । झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी टोली त्यहाँ पठाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org