टिप्पणी : चुनावपछि बाबुराम हर्षित
मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनको मतपरिणाम आउनेक्रम जारी नै छ । प्रत्यक्षतर्फको गणना अन्तिममा पुगेको छ भने समानुपातिकतर्फको गणना सुरु भएको छ । अहिलेसम्म वामगठबन्धले धेरै ठाउँमा जित हाँसिल गरेको देखिन्छ । त्यसमा पनि नेकपा एमालेले धेरै ठाउँ जितेको देखियो । माआवादी केन्द्र दोस्रो स्थानमा रहेको छ । अहिलेसम्मको वाम गठबन्धको संयुक्त नतिजा हेर्दा उक्त गठबन्धनले दुईतिहाई नल्याउला भन्न सकिन्न । लोकतान्त्रि गठबन्धनले प्रायः ठाउँमा पराजय व्यहोरेको छ । नेपाली काँग्रेसको अवस्था नाजुक छ । धेरै काँग्रेसीहरू अतालिएका छन् । दुःखित् बनेका छन् । नियाउरोमुख लगाएका छन् । पार्टी नेतृत्वलाई गालीगलोच गरेको पनि सुनिन्छ । वैकल्पिक शक्ति धनेर उदाएका पार्टीको अवस्थामा पनि खासै प्रभावकारी देखिएको छैन् । विवेकशील साझा पार्टीलेभन्दा नयाँ शक्ति पार्टी, नेपालको अवस्था भने निकै राम्रो देखियो । समानुपातिकतर्फ पनि राम्रै नतिजा आएर राष्ट्रिय पार्टी बन्ला भन्ने आश उक्त पार्टीका कार्यकता, शुभेच्छुक र समर्थकहरूमा छ । निर्वाचन अघिदेखि नै निकै चासोपूर्वक हेरिएको गोरखा क्षेत्र नं. २ डा.बाबुराम भट्टराई विजयी भए । उनका विरुद्ध लागेका कथित वुद्धिजीवी लगायत अन्य अहिले ङिच्च परेका होलान् । बाबुराम लोकतान्त्रि गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए । उनका निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनलाई करिब ७ हजार मतान्तरले पराजित गरे । अहिले गोरखा लगायत विभिन्न सञ्चारमाध्यममा बाबुरामकै व्यापक चर्चा छ । पार्टीको हैसियतले बोल्नेहरूले आफ्नो पक्षलाई राम्रो मान्ने प्रवृत्ति स्वभाविकै हो तर जस–जसले पार्टीभन्दा माथि उठेर एउटा असल, जनसेवक र राष्ट्रप्रेमी अनुहारलाई हृदयबाट सहयोग गरे उनीहरूको मन पनि विशाल रहेछ । एकचोटी आफ्नो खुट्टा आफैले टेक्न सक्दिन कि भन्ने लागेर अन्य पार्टीसँग हातेमालो गर्न पुगेका बाबुरामले आफूलाई फसाउने चाल थाहा पाएपछि आफ्नो ‘आँखा’ सहितको चुनावी चिन्ह लिएर मैदानमा उत्रिए । वामगठवन्धनको धागो चुडाउन बाबुरामलाई कुनै फोस्रा र अपत्यारिलो भविष्यवाणी गर्न पनि परेनन् किनकी उनको अगाडिकै कामले गोरखाबासीले विश्वास गरेको देखियो । र, अन्तमा गोरखाका शान र इज्जत बाबुरामलाई विजयी गराए । नयाँ शक्तिले नयाँ बाटो पहिल्याएको छ । अबका दिनहरूमा पनि जनताका मर्म र देशको रक्षाको निम्ती सदैब नयाँ मोड लिएर अगाडि बन्नुपर्छ । पहिलेजस्तो संसद्रमा बाबुरामको प्रभावकारी भूमिका नहुन सक्छ । फरक पार्टी, फरक सोच भएको छ । यसका साथसाथै विभिन्न चुनौतीहरू खडा भएका छन् । चुनौती चिर्दै आफूले निर्वाचन क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्न बाबुरामले सक्नुपर्छ ।
Comments
अरु समाचार
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...