ताजा समाचार

नेपाली काँग्रेस जनादेशको सम्मान गर्ने पार्टी – नेता बालकृष्ण खाँण

काठमाडौँ, २६ मंसिर ।  नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस जनादेशलाई सम्मान गर्दै लोकतन्त्रको संस्थागत विकासमा सशक्त प्रतिपक्ष भई रचनात्मक भूमिकामा रहने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित छलफल कार्यक्रममा पत्रकारले काँग्रेसको लज्जास्पद हार भयो होइन भन्ने प्रश्नको जवाफ दिँदै उहाँले – उस्तैउस्तै विचार र सिद्धान्त मिल्ने दुई शक्ति एउटै समूह बनेपछि काँग्रेस पछि परेको भएपनि समानुपातिक निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरेको मत हेर्दा काँग्रेस नहारेको स्पष्ट पार्नुभयो ।

उहाँले इतिहासमा मुलुकलाई अप्ठेरो पर्दा काँग्रेस हारेर पनि प्रजातन्त्र र लोकतन्त्रको विकासमा पु¥याएको योगदानलाई जनताले भुल्न नहुने बताउनुभयो । नेपाली काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले पार्टी कार्यकर्तामा आधारित नभई सामूहिक नेतृत्वमा चलेको, अध्यक्षात्मक प्रणालीभन्दा बाहिर गएकोलगायतका कारण निर्वाचनमा पछि परेको जानकारी दिनुभयो । नेता खाँणले नेपाली काँग्रेसका सभापतिले नेतृत्व हस्तान्तरण गर्ने, संसदीय दलको नेता कस्लाई बनाउने र विशेष अधिवेशनको बैठक बोलाउने वा नबोलाउने भन्ने अधिकार पार्टी सभापतिमा रहेको जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org