ताजा समाचार

सुनसरी ३ को मात्र परिणाम आउन बाँकी, विजय गच्छदार चौधरी भन्दा ५१९ मतले अघि

सुनसरी, २७ मंसिर । सबैभन्दा चाँसोका विषय बनिरहेको सुनसरी क्षेत्र नम्बर३ को अन्तिम मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी भन्दा ५ सय १९ मतले अघि छन् ।

गच्छदारको ३६ हजार ८० र चौैधरीको ३५ हजार ५ सय ६१ मत आएको छ । यस्तै प्रदेशसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ ‘ख’ को नतिजा आउन बाँकी छ । नेपाली कांग्रेसका अगमलाल चौधरीले १६ हजार ६ सय ४३ तथा एमालेका रामदेव यादबले १३ हजार ५ सय ५० मत प्राप्त गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org