नेपालमा वाम गठबन्धनले दुई तिहाई सिट जित्दा भारतको टाउँको दुखाई
काठमाडौं, २७ मंसिर । नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्र्दै आएको भारत चुनावको नतिजाले अत्तालिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले प्रष्ट बहुमत प्राप्त गरेपछि भारतीय सञ्चारमाध्यमले विभिन्न कोणबाट विश्लेषण गरेका छन् ।
नवभारत टाइम्सले नेपालमा वामपन्थी गठबन्धनको जितलाई भारतका लागि नयाँ चुनौतीका रुपमा विश्लेषण गरेको छ । ‘नेपालमा केपी ओलीको हातमा सत्ता पुग्नु भारतका लागि खतराको घण्टी’ हुने सो अखबारले उल्लेख गरेको छ । नवभारत टाइम्सको समाचारमा भनिएको छ, ‘ओली खुलेरै चीनप्रति आफ्नो झुकाव प्रकट गर्दछन् ।’
भारतका विदेश मामला जानकार ब्रह्म चेलानीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘नेपालका दुई प्रमुख कम्युनिस्ट पार्टी एक साथ उभिएका छन्, नेपालको कम्युनिस्ट सरकारको झुकाव निसन्देह चीनतर्फ नै हुनेछ ।’
त्यस्तै अर्को अखबार दैनिक जागरणले पनि नेपालमा चीनको प्रभाव बढ्ने विश्लेषण गरेको छ । नेपालका वामपन्थी दलहरुको झुकाव चीनतर्फ रहेको उल्लेख गर्दै सो अखबारले भनेको छ, ‘मधेस आन्दोलनका क्रममा ट्रक आवागमनमा रोक लगाएपछि ओली सरकार र भारतबीचको सम्बन्ध तल्लो स्तरमा पुगेको थियो । त्यसपछि केपी ओलीले चीनतर्फ हात बढाए ।’
भारतलाई घेर्ने कोसिसमा जुटेको चीन नेपालमा भारतको निर्भरता समाप्त गर्नका लागि हरसम्भव मद्दत गर्न तयार हुने उक्त पत्रिकाको ठहर छ । उसले समानुपातिकमा नेपाली कांग्रेसले पाएको मत र प्रतिनिधिसभामा मधेसवादी दलले २१ सिट हासिल गरिसकेको अवस्थालाई ‘भारतका लागि केही सहज’ भन्दै व्याख्यासमेत गरेको छ । ‘यस्तोमा एउटा बलियो विपक्षीले वामपन्थी दलको मनोमानीलाई रोक्न सफलता मिल्न सक्छ,’ दैनिक जागरणले भनेको छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...