ताजा समाचार

सिराहाको लहानमा शक्तिशाली बम विष्फोट, एक जना गम्भीर घाइते

सिराहा, २८ मंसिर । सिराहाको लहानमा शक्तिशाली बम विस्फोट भएको छ । बम विष्फोट हुँदा एक गम्भीर घाइते भएका छन् । विस्फोटमा परी एक जना गम्भीर घाइते भएका छन् । विष्फोटबाट घाइते भएकालाई उपचारका लागि लहान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । साइकलमा राखिएको बम ठूलो आवाजमा पड्किएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गतका यातायात केहीबेर अवरुद्ध भएका थिए । साइकलमा राखिएको बम शक्तिशाली हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरीले सुरक्षा दिएको छ भने थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org