ताजा समाचार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  दुर्घटनामा परी एकको मृत्यु

झापा, २९ मंसिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १० च ९७१८ नं को मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे६प २३३३ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो । भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दाहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दाहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org