ताजा समाचार

समानुपातिकतर्फको ७७ वटै जिल्लाको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी

काठमाडौं, २ पुस । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सकिएको छ । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ वटै जिल्लाको मतगणना सकिएको हो । निर्वाचन आयोगको डाटाँ अनुसार एमालेभन्दा कांग्रेस ४५ हजार १ सय ५ मतले पछाडि छ ।

मतगणना सकिए पनि निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छैन । ‘मतगणना सकिएको छ,’ आयोग प्रवक्ता नवराज ढकालले भने, ‘फाइनल मतपरिणाम सार्वजनिकको तयारीमा छौं ।’ प्राप्त मत परिणाम अनुसार, एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत, कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९, नेकपा (माओवादी केन्द्र) ले १३ लाख ३ हजार ७ सय २१ मत पाएका छन् ।

थ्रेस होल्ड पार गरेका राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ७२ हजार २५४ मत तथा संघीय समाजवादी फोरम, नेपालले ४ लाख ७० हजार २ सय १ पाएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने आयोग स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा भने प्रत्यक्षतर्फ एमालेले ८०, माओवादी केन्द्रले ३६, कांग्रेसले २३, राजपाले ११, संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी, नेपाल, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले एक(एक सिट जितेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org