ताजा समाचार

रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयरलाई किन लेखिन यस्तो चिठी ?

काठमाडौं, ५ पुस । विवेकशीलसाझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर विद्या सुन्दर शाक्यलाई चिठी लेखेकी छिन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरकी उम्मेदवार बनेकी रन्जुले रानीपोखरी निर्माणका सम्बन्धमा भइरहेका कामबारे जानकारी माग गर्दे चिठी लेखेकी हुन् ।

उनले २०७२ को भूकम्पबाट क्षति भएको ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व भएको न्हू पुखू (रानी पोखरी) पुननिर्माण सम्बन्धमा जानकारी माग गरेकी हुन्।

रानीपोखरी पुननिर्माणको विस्तृत परियोजना रिपोर्ट, पुननिर्माणको योजना, समयावधि र सीमा र पोखरी क्षेत्रमा बन्न लागेका संरचनाबारे उनले जानकारी मागेकी हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org