ताजा समाचार

एमाले माओवादी एकता प्रक्रिया शुक्रबारदेखि शुरु हुने, के अब कांग्रेसको मुख बन्द होला ?

काठमाडौं, ६ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया शुक्रबारदेखि शुरु हुने भएको छ । पार्टी एकता हुने नहुनेमा चौतर्फी अन्यौलता सिजर्ना भईरहेका बेला शुक्रबारदेखि औपचारिक थालनी हुने भएको हो । एकता प्रक्रियाको सुरुवात शुक्रबार बस्ने दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकबाट हुनेछ ।

बैठकमा पार्टी एकिकरणदेखि पद बाँडफाँडसम्मका विषयमा छलफल हुनेछ । एकताको पूर्वतयारीमा माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भईसकेको छ । भने एमाले पनि आन्तरिक छलफलमा व्यस्त छ । दुवै पार्टीको आन्तरिक छलफलका कारण एकता प्रक्रिया शुक्रबार सम्म लम्बिएको नेताहरुले बताएका छन् ।

पुस ३ गते बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले पार्टी एकतालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँडमा आफ्नो सम्मानजनक सहभागिता हुनुपर्ने निष्कर्ष निकालेको थियो ।

यता पार्टी एकताका विषयमा छलफल गर्न एमाले स्थायी कमिटि बैठक बस्दैछ । बिहीबार बस्ने बैठकमा निर्वाचनको समिक्षा गर्दै पार्टी एकताका विषयमा समेत छलफल हुने नेताहरुले बताएका छन् । दुवै दलले पार्टीभित्र छलफल गरेर शुक्रबार बस्ने संयोजन समिति बैठकमा पेश गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org