ताजा समाचार

कालीकोटमा दुई घण्टाका लागि हटाइएको कफ्र्यु पुनः शुरु

कालीकोट, ९ पुस । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्को आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कफ्र्यु स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्को सूचना नहुँदासम्मका लागि थप गरिएको बताउनुभयो । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कफ्र्यु लगाइएको थियो । आन्दोलनकारीले शनिबार राति कफ्र्यु जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org