यी हुन्, माओवादीबाट समानुपातिक सांसद् बन्न लागेका मन्त्रीदेखि नेता पत्नीसम्म
काठमाडौं, ९ पुस । माओवादी केन्द्रले समानुपातिक तर्फबाट पाउने सिटको बाँडफाँडको टुंगो लगाएको छ । माओवादीले पाउन सक्ने ठानिएको समानुपातिकतर्फका १७ सिटमध्ये १५ सिटका लागि महिला उम्मेदवारको टुंगो लागिसकेको छ । संवैधानिक व्यवस्था र प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार समानुपातिकमा लगभग १७ सिट पाउने सुनिश्चित भएपछि माओवादी केन्द्रले आन्तरिक गृहकार्यमार्फत विजयी उम्मेदवारको नाम टुंगो लगाएको हो ।
१५ जना महिलाको नाम लगभग टुंगिएको छ भने पुरुषका लागि प्राप्त दुई सिटमा छनोट हुन बाँकी रहेको छ । यसमा धेरै नेताहरु आकाँक्षी रहेपछि छनोट गर्न निकै सकस देखिएको छ । करिब ५३ सिटसहित तेस्रो दल हुन गइरहेको माओवादी केन्द्रले कम्तीमा १८ जना महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक बाध्यताका कारण समानुपातिकका लागि १५ महिला उम्मेदवारको छनोट गरेको हो ।
यी हुन् समानुपातिकमा पर्ने महिलाहरुः
माओवादीले खस आर्य कोटाबाट पूर्वमन्त्री रेखा शर्मा, तत्कालीन संविधानसभा उपाध्यक्ष पूर्णकुमारी सुवेदी, पूर्वमन्त्री धर्मशिला चापागाईं र सीता पोखरेलको नाम लगभग टुंगिएको छ । त्यसैगरी जनजातितर्फ महिला कोटाबाट पूर्वमन्त्री जयपुरी घर्तीमगर, शशि श्रेष्ठ, पूर्वसभामुख ओनसरी घर्तीमगर र यशोदा सुवेदी गुरुङको नाम टुंगो लगाएको छ ।
पूर्वसभामुख घर्तीमगरका पति वर्षमान पुन रोल्पाबाट प्रत्यक्षतर्फ निर्वाचित भइसकेकाले एकै परिवारका दुई सदस्य प्रतिनिधिसभामा देखिने भएका छन् । त्यस्तै यशोदा गुरुङ सुवेदी पनि पतिसहित संसद्मा देखिने अर्की भाग्यमानी नेतृमा पर्दैछिन् । उनका पति देव गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
त्यस्तै दलित कोटाबाट अञ्जना बिशंखे र दुर्गा विक पर्ने सम्भावना प्रबल छ । नयाँ शक्तिबाट फर्किएकी नेतृ इन्दु शर्मा पनि सांसद हुन पाउने भाग्यमानी नेतृमा परेकी छिन् । सहिद रामवृक्ष यादवकी छोरी बोधमाया यादव पनि शर्माझैं मधेसी कोटाबाट प्रतिनिधिसभामा पुग्न लागेकी हुन् । थारू समुदायबाट रामकुमारी चौधरी र मुस्लिम कोटाबाट चाँदतारा कुमारी सांसद हुने लगभग पक्कापक्की भइसकेको छ ।
पुरुष छनोटमा सकस:
माओवादीले समानुपातिकबाट जम्मा दुईजना पुरुषलाई मात्रै प्रतिनिधिसभामा पठाउन सक्नेछ । खस आर्यकोटाबाट पहिलो नम्बरमा रहेका हितराज पाण्डेले गोरखा–२ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई अन्तर्घात गरेको भन्दै मौखिक उजुरी नेतृत्वसमक्ष गरिएको छ । जसका कारण पहिलो नम्बरमा भए पनि उनको सम्भावना कम रहेको माओवादी नेताहरू बताउँछन् ।
त्यस्तै दलित कोटाबाट तिलक परियार, जनजाति कोटाबाट सुनिल मानन्धर, मधेसीबाट श्रवण यादव, थारूबाट रामजी चौधरी र मुस्लिमबाट हकिकुल्लाह खान र पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंह पहिलो नम्बरमा परेका छन् । पाण्डे, परियार, खान र सिंह यसअघि पनि संविधानसभा सदस्य भइसकेका उम्मेदवार हुन् भने पहिलो नम्बरमा परेका अन्य उम्मेदवार नयाँ अनुहार हुन् । दुईजनामात्रै छान्नुपर्ने भएकाले क–कसलाई छनोट गर्ने भन्नेमा माओवादी अझै निष्कर्षमा पुग्न नसकेको माओवादी नेताहरुको भनाई छ ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...