ताजा समाचार

मुख्य सचिव र सचिवहरुलाई एमालेको निर्देशनपछि सचिवहरुले मन्त्रीलाई टेर्नै छाडे

काठमाडौं, १३ पुस । मन्त्रालयको सबैभन्दा ठूलो पद चाँही मन्त्रीको हो । मन्त्रीको नीति निर्देशन अनुसार अन्य कर्मचारी चल्ने गर्दछन् । तर यतिबेला मन्त्रालयका कर्मचारीहरु मन्त्रीलाई टेर्नै छोडिसकेका छन् । चुनाव सकिएलगत्तै कामचलाउन बनेको अहिलेका सरकारका मन्त्रीहरुलाई मन्त्रालयका सचिवहरुले टेर्न छाडेको गुनासो मन्त्रीको नै गुनासो रहेको छ । पछिल्लो समय मन्त्रालयमा सचिवहरु नै कार्यकारी बनेर काम गरिरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा रहेका मन्त्रीहरुले चुनावी नतिजापछि आफूहरु सरकारबाट बाहिरने पक्का भएपछि स्वार्थअनुकूल निर्णयहरु गर्न थालेका थिए । लगत्तै सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेका शीर्ष नेताहरुले सबै सचिव र मूख्यसचिवलाई फोन गरेर नीतिगत निर्णय नगर्न निर्देशन दिएपछि सचिवहरुले मन्त्रीलाई टेर्न छाडेका हुन् । अहिले नीतिगत विषयमा मन्त्री र सचिवको बिचमा छलफल हुन छाडेको छ । जसका कारण सबै मन्त्रीहरु कामविहिन बनेका हुन् ।

कृषि मन्त्री रामकृष्ण यादवले सचिवहरुले नै टेर्न छाडेको गुनासो गरे । भेट्न बोलाउँदा पनि अनेक बहाना बनाउने गरेको उनले बताए । अर्का एक मन्त्रीले नाम नबताउने शर्तमा सचिवहरु काम गर्ने आफूहरु घाम ताप्ने गरेको बताए । नयाँ सरकार गठन हुने पक्का भएसँगै सचिवहरुले मन्त्रीलाई टेर्न छाडेको मन्त्रीहरुले नै बताउने गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org