बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो
धरान, १३ पुस । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाले अनौठो बच्चालाई जन्म दिएकी छन् । प्रतिष्ठानको स्त्री तथा प्रसूती विभागमा इनरुवा–८ बस्ने चन्द्रनारायण मण्डलका श्रीमती सोनम मण्डलले छोरीका रुपमा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको शिशुको जन्म दिएकी हुन् ।
प्रसूतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको बच्चा निकालिएको प्रतिष्ठानका डा. सूर्यप्रसाद रिमालले जानकारी दिए । अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा सम्लग्न चिकित्सक र नर्सहरु समेत छक्क परेका थिए।
छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुइ टाउको, दुइ खुट्टा र एउटै यौनाङ्ग भएको शिशु जन्मेको हो। उक्त नवजात शिशु स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको चिकित्सक रिमालले जानकारी दिए ।
अनौठो नवजात शिशुको जन्म भए पनि दुर्इ टाउकोमध्ये एक टाउकोले स्वासप्रस्वासमा समस्या देखिएको थियो। डा. रिमालले भने, ‘बच्चा त निकालियो तर रुन र स्वासप्रस्वासमा समस्या देखियो। हामीले मण्डल दम्पतीलाई बच्चाको स्वासप्रस्वासलाई सहज बनाउन मुखमा नली लगाउनुपर्छ भन्दा मानेनन्। घर लान्छौं, डिस्चार्ज देउ भन्न थाले।’उनका अनुसार प्रसूतीमा यस्तो केस विरलै हुन्छ।
कसरी यस्तो अनौठो बच्चा गर्भमा बन्छ भन्ने प्रश्नको जिज्ञासामा उनले भने, ‘गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ। त्यसरी बनेको नर्मल जाइगोटबाट भ्रुण बनेर बच्चाको विकास हुन्छ। तर, कहिलेकाहीं विरलै अवस्थामा छुट्दा जुम्ल्याहा हुन्छन्। र, जाइगोट बनेको १३ दिन पछाडि छुट्यो भने टासिन पुग्छन्। यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा हो।’
मण्डल दम्पतीले यसअघि इटहरीको एक क्लिनिकामा चार पटकभन्दा बढी भिडियो एक्सरे गरेर गर्भ जाँच गरेका थिए। तर, त्यहाँको चिकित्सकले यस्तो असामान्य बच्चा छ भनेर कहिलै जानकारी नदिएको बरु गर्भमा बच्चा राम्रो अवस्थामा छ भनेर जानकारी दिएको प्रतिष्ठानकी एक नर्सले बताइन्। लिङ्ग समेत छुट्याउन सकिने भिडियो एक्सरेबाट सामान्यतया विकसित भ्रुणको कस्तो अवस्थामा छ भनेर थाहा पाउन सकिन्छ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...
-
पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु
मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा...