ताजा समाचार

तपाई के अत्यधिक रुपमा हस्तमैथुन गर्दै हुनुहुन्छ ? हो भने तुरुन्त बन्द गर्नुहोस्

एजेन्सी, १८ पुस । हस्तमैथुन प्रति विभिन्न किसिमको धारणा जोडिएको छ । तर पनि अधिकांश स्वास्थ्य विशेषज्ञले यसलाई एक सामान्य मानवीय व्यवहार मानेका छन् । हरेक चीजको एक सिमा हुन्छ । यस सिमा भन्दा अगाडी बढ्दा त्यसको दुष्प्रभाव नजिक आउन थाल्छ ।

हस्तमैथुन पनि तबसम्म ठिक हुन्छ जबसम्म तपाईको लागि यो एक लत बन्दैन । किनकी यसो हुँदा यसले तपाईको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रभावित गर्न शुरु गर्छ । सीमाभन्दा बढी भयो भने कुनै पनि चिजले असर गर्ने मान्यता अनुसार हस्तमैथुन पनि सीमा भन्दा बढी गर्दा त्यसले असर गर्छन् ।

१.तपाई आफैँलाई नोक्सानः
केही मानिसहरूलाई यस्तो किसिमको लत पर्छ कि उनीहरू आफ्नो अंगलाई नोक्सान पुर्याउन शुरु गर्दछन् । यस्तो अवस्थामा स्किन रेशेजको साथ-साथै पायरोनी बिरामी हुने सम्भावना पनि हुन्छ, जो एक गम्भीर समस्या हो ।

२. तपाईको आवश्यक काम प्रभावितः
यदि तपाई यसको कारणले आफ्नो क्लास छोड्नुहुन्छ या आफ्नो आवश्यक कामलाई पछाडी सार्नु हुन्छ भने यो संकेतले तपाई मास्टरबेशन एडिक्ट भैसकेको जनाउँछ । यस्तो अवस्थामा तपाईले यसमा नियन्त्रण गर्न अति आवश्यक हुन्छ । मास्टरबेशन तबसम्म ठिक हो जबसम्म यसले तपाईको पढाई लागायत अन्य काम प्रभावित गर्दैन ।

३. यस विषयमा बढी सोच्नुः
यदि तपाई यस्तो अवस्थामा आउनु भएको छ, जबकि तपाई दिनभरी मास्टरबेशनको बारेमा सोचिरहनु भएको छ भने यो विषय गम्भीर हो । मास्टरबेशनलाई यस गम्भीर स्तर सम्म पुर्याउनु हुँदैन ।

४. नियन्त्रण गर्न विफल हुनुः
कुनै पनि चीजको एडिक्शन वा लत तब भनिन्छ जब तपाईलाई यो जानकारी जानकारी हुन्छ कि यो स्वास्थ्यको लागि खराब हो तरपनि यसबाट टाढा रहन सक्नु हुन्न । यदि चाहेर पनि तपाई मास्टरबेशनको लतबाट छुटकारा पाउन सकिरहनु भएको छैन भने तपाई थोरै सावधान हुनुहोस् र कुनै एक्सपर्टको सल्लाह लिनुहोस् ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org