ताजा समाचार

सेनाको प्रवक्तामा सहायक रथी गोकुल भण्डारी

काठमाडौं, १९ पुस । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गोकुल भण्डारीले पाएका छन् । यसअघि प्रवक्ता रहेका सहायकरथी नैनराज दाहालले बुधबार एक कार्यक्रमबीच भण्डारीलाई कार्यभार हस्तान्तरण गरेका छन् ।

सहायक रथी दाहाल राष्ट्रसंघीय शान्ति मिसन अन्र्तगत दक्षिण सुडानको सेक्टर कमाण्डरमा छनोट भएपछि सेनाको प्रवक्ता फेरिएका हुन् ।

नवनियुक्त प्रवक्ता भण्डारीको कार्यकालमा नेपाली सेना र पत्रकार जगतबीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान सञ्चार जगतको अझ बढी सहयोग रहने विश्वास रहेको नेपाली सेनाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org