ताजा समाचार

कांग्रेसले पठायो प्रदेशसभा समानुपातिकतर्फ सच्याइएको सूची, को आउट, को इन ?

काठमाडौं, २० पुस । नेपाली कांग्रेसले प्रदेशसभा सदस्य तर्फ समानुपातिक सूचीको नाम सच्याएर पठाएको छ। पुस १४ गते बुझाएको सूचीमा त्रुटी भेटिएपछि आयोगले सच्याउन तीन दिनको सीमा दिएको थियो। समानुपातिक सूचीमा अटेर पनि नाम हटेका नेताहरु प्रदेश नम्बर १ बाट ताप्लेजुङकी सीतादेवी पौडेल र सुनसरीका टेकचन्द्र विश्वास हुन्।

पौडेलको ठाउँमा शान्ता पौडेल र विश्वासको ठाउँमा कल्पनाकुमारी सरदारलाई राखिएको छ। यता प्रदेश २ बाट बाराकी सल्मा खातुनलाई हटाएर शोभा लामालाई राखिएको छ। प्रदेश ५ बाट रुपन्देहीकी सूर्यमती उपाध्यायलाई हटाएर शान्तिदेवी बर्मा सोनारको नाम पेश गरेको छ।

यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार ७२ सदस्यको नाम आयोगलाई बुझाएको थियो । कांग्रेसले प्रदेश नं १ मा १३, प्रदेश नं २ मा ११, प्रदेश नं ३ मा १४, प्रदेश नं ४ मा ९, प्रदेश नं ५ मा १२, प्रदेश नं ६ मा ५ र प्रदेश नं ७ मा ८ सिटमा नामावली निर्वाचन आयोगलाई बुझाएको थियो ।

नाम सच्याएर पठाएको सूची यसप्रकार छः

प्रदेश नं १ बाटः
१. विद्यानन्द चौधरी– मोरङ,  २. प्रताप प्रकाश हाङ्गाम– ताप्लेजुङ
३.चन्द्रप्रसाद श्रेष्ठ–सुनसरी,   ४. सञ्जाकुमारी दनुवार– उदयपुर
५.लीला सुब्बा–धनकुटा,   ६. ज्योति सुब्बा– सुनसरी
७. शेखरचन्द्र थापा–मोरङ,  ८. लोकप्रसाद संग्रौला– मोरङ
९.शान्ता पौडेल (सीतादेवी पौडेल हटाईएको)–ताप्लेजुङ
१०. विन्दीया कार्की– मोरङ,  ११. नवोदिताकुमारी चौधरी– सुनसरी
१२. कल्पनाकुमारी सरदार (टेकचन्द्र विश्वास हटाईएको) –सुनसरी
१३. ओम सरावगी– झापा

प्रदेश नं २ बाटः
१. आशियादेवी थरूनी–पर्सा, २.प्रमिलादेवी दास – महोत्तरी
३. श्यामपरी देवी–सर्लाही, ४. शिवचन्द्र चौधरी– धनुषा
५. ओमप्रकाश शर्मा–पर्सा, ६. नरेशकुमार यादव– सिराहा
७. सरस्वती चौधरी– धनुषा, ८. गीताकुमारी यादव– सप्तरी
९. मञ्जुकुमारी यादव–महोत्तरी, १०. शेषरसिद अली– रौतहट
११. शोभा लामा (सालमा खातुनको नाम हटाईएको) – बारा

प्रदेश नं ३ बाटः
१.मिलन श्रेष्ठ– काठमाडौँ, २. राजेन्द्र गुरुङ– काठमाडौँ
३. न्हुच्छेनारायण श्रेष्ठ– काठमाडौँ, ४. सन्तबहादुर प्रजा–मकवानपुर
५. राधा घले– काठमाडौँ, ६. जीवन डंगोल– काठमाडौं
७. विजया श्रेष्ठ केसी– डोटी, ८. रजनी जोन्छे– भक्तपुर
९. राजाराम कार्की– धादिङ, १०. बलराम पौडेल– चितवन
११. भीमसेन खत्री– काठमाडौँ, १२. गीता वाग्ले– चितवन
१३. बिजुला बर्मा– सिन्धुली, १४. कल्पना नेपाली– नुवाकोट

प्रदेश नं ४ बाटः
१. मेखलाल श्रेष्ठ, २. ललितकला गुरुङ, ३.सरिता गुरुङ
४. मनकुमारी गुरुङ, ५. मणिभद्र शर्मा कँडेल
६. कुमार खड्का, ७. ओमकला गौतम, ८. दोवाटे विश्वकर्मा
९. कोपिला बोहरा

प्रदेश नं ५ बाटः
१. वीरबहादुर राना– पाल्पा, २. अर्जुनकुमार श्रेष्ठ– दाङ
३. बलदेव शर्मा पेखरेल– प्यूठान, ४. निर्मला क्षेत्री– अर्घाखाँची
५. रमा अर्याल– रुपन्देही, ६. भुवनेश्वर चौधरी– बर्दिया
७. पुष्पा थरूनी– रुपन्देही, ८. माला गोतामे सुनार– कपिलवस्तु
९. रिना नेपाल विक– कपिलवस्तु,

१० शान्तिदेवी बर्मा सोनार (सूर्यमती उपाध्यायको नाम हटाईएको) – रुपन्देही
११. रुन्धावती दुवे शर्मा– कपिलवस्तु, १२. मो याकुव अन्सारी– बाँके

प्रदेश नं ६ बाटः
१. दिनबन्धु श्रेष्ठ, २. यज्ञबहादुर बिसी, ३. हिमबहादुर शाही
४. अमृता शाही, ५. झोवा विक

प्रदेश नं ७ बाटः
१. गोविन्द बोहरा– डडेल्धुरा, २. देवराज पाठक– डोटी
३. दिव्यश्वरी शाह– कैलाली, ४. अम्बीकुमारी थापा– अछाम
५. कुमारीनन्दा बम–दार्चुला, ६. श्यामलाल राना– कञ्चनपुर
७. टेकबहादुर रैका– कैलाली, ८. उमा वादी– कैलाली

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org