ताजा समाचार

भारतमा बेश्यालय सञ्चालन गर्दै आएका वडाअध्यक्ष छुटाउन डा. रामशरण सक्रिय

काठमाडौं, २० पुस । भारतका विभिन्न स्थानमा वेश्यालय बनाएर नेपाली युवती बेचिरहेको आरोपमा कांग्रेस नेता तथा वडाध्यक्ष सुनबहादुर तामाङ प्रहरी हिरासतमा छन् । प्रहरीले महिला बेचबिखनको आरोपमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष तामाङलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुलेपछि प्रहरीले सुनवहादुरलाई प्रक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तामाङलाई एक हप्ता अगाडी दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो ।

उनलाई छुटाउँन कांग्रेस नेता रामशरण महत सक्रियः
नेपाली युवतीहरुलाई भारतको आफ्नो कोठीमा बेच्दै आएका तामाङलाई छुटाउन कांग्रेस नेता डा. रामशरण महत लागिपरेका छन् । उनलाई छुटाउन डा. महतले प्रधनमन्त्री शेरवहादुर देउवासम्मलाई भेटेरै दवाव दिईरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

डा. महत हिजो वुधबार प्रधानमन्त्री देउवालाई वालुवाटारमै पुगेर भेटी उनलाई छुटाईदिन आग्रह गरेका थिए । उनको पक्राउले जिल्लामा कांग्रेसमाथी ठूलो क्षती पुगेको र जसरी भए पनि छुटाउनुपर्ने भन्दै देउवासँग महतले लविङ गरेको स्रोतको दाबी छ । त्यसपछि प्रधानमन्त्री देउवाले प्रहरीका एआईजीलाई फोन गरेर उनलाई छुटाउनुपर्ने र त्यसको वन्दोवस्ती मिलाउन निर्देशन दिएका थिए ।

सुनवहादुर विरुद्ध नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएका थिए । पटक पटक अर्थमन्त्री भईसकेका कांग्रेस नेता महत नै कोठी सञ्चालकका पक्षमा लागेर उनलाई छुटाउन प्रधानमन्त्री सम्मलाई दवाव बढाउन पुगेपछि पीडितहरुले न्यायको आश मरेको बताएका छन् । प्रधानमन्त्री देउवाले एआईजीलाई तत्काल छोड्न निर्देशन दिएपछि अनुसन्धान गरिरहेका प्रहरी अधिकारी समेत चकित परेका छन् ।

तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेको प्रहरीले अनुसन्धानले देखाएको छ । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।

पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । ‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।

विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।

http://news-nepal.com/715782/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org