ताजा समाचार

नयाँ शक्ति पार्टीका नेता तुलाराममाथि डोजर चलाईयो (भिडियोसहित)

चितवन, २१ पुस । नयाँ शक्ति पार्टी नेपालका नेता तुलाराम विश्वकर्मामाथि डोजर आक्रमण भएको छ । चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट उम्मेदवार बनेका नेताविश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनिले डोजर आक्रमण गरी उनलाई घाइते बनाएको हो ।

बाटो विस्तार समितिले सडक चौडा गर्ने नाममा बिना जानकारी जग्गामा डोजर लगाउन आएपछि बुझ्न पुगेका उनीमाथि डोजर लगाइएको प्रत्यक्षदर्शीले बताए । नेता विश्वकर्मालाई त्यहाँ उपस्थित अन्य व्यक्तिले बचाएका थिए । ‘हामीलाई जानकारी नदिइ हाम्रो जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्ने कार्य गरियो,’ तुलारामले भने, ‘शरीरमा गम्भिर चोटपटक लागेको छ । प्रहरीले समेत मेरो मुद्दा लिन मानेको छैन ।’

उनलाई डोजर लगाउँदै गर्दा उनको श्रीमती भने ठूलो स्वरले चित्कार्दै गरेको भिडियोमा देख्न सकिन्छ भने उनलाई डोजरले अगाडि पछाडि गर्दै लछारपछार गरेको समेत भिडियोमा प्रष्ट देखिन्छ । रोयल बिल्डर्स कम्पनीको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताए ।

भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org