ताजा समाचार

नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते केपी ओली बैंकक जाने

काठमाडौं, २१ पुस । नियमित स्वास्थय परीक्षणको लागि एमाले अध्यक्ष केपी ओली बैंकक जाने भएका छन् । ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आगामी पुस २६ गते बुधबार बैंकक जाने भएका हुन् । मृगौला प्रत्यारोपणपछि बैंककमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका ओलीलाई चिकित्सकको सुझाव अनुसार बैंकक जान लागेका हुन् ।

चिकित्सकले दिएको तालिका अनुसार ओलीले केही समय पहिल्यै नै परिक्षण गराउनुपर्ने हुन्थ्यो । तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमालेले जनाएको छ । चुनावको बेला व्यस्त बनेका नेता ओली चुनावपछि पनि सक्रिय थिए ।

केही दिनयता उनी निवासमै आराम गरिरहेका छन् । यसबीचमा नयाँ सरकार गठनको प्रक्रिया पनि अवरुद्ध भएको कारण ओलीले यहि अवधीमा स्वास्थ्य जाँच गराउन चाहेको स्रोतको दाबी छ । ओलीले केही दिनयता सार्वजनिक कार्यक्रम र भेटघाट बन्द गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org