ताजा समाचार

कृष्ण महराको सक्रियतामा लामो समयपछि दाङमा हवाई सेवा सुरु

दाङ, २३ पुस । लामो समयदेखि अवरुद्ध रहेको दाङको टरिगाउँ विमानस्थलमा आइतबारदेखि विमान सेवा सुरु भएको छ । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं माओवादी नेता कृष्णबहादुर महराको विशेष पहलमा आइतबारबाट काठमाडौं–दाङ सिधा हवाई सेवा सुरु भएको हो ।

लामो समयदेखि बन्द रहेको काठमाडौं–दाङ हवाई सेवा सुचारु गर्ने विषय गएको चुनावी एउटा प्रमुख एजेण्डा बनेको थियो । आइतबार दिउँसो समिट एयरको जहाजले टरिगाउँ विमानस्थलमा अवतरण गरेर विमान सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।

विमानमा पहिलो यात्रीका रुपमा उपप्रधानमन्त्री एवं दाङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा, क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकै सदस्य हिराचन्द्र केसी, सल्यानका प्रदेशसभा सदस्य प्रकाश ज्वाला र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे पुगेका थिए ।

विसं २०११ सालबाट सञ्चालनमा आएको विमानस्थल ४ पटकसम्म सञ्चालन हुँदै वन्द भएको थियो । अहिले तुलसीपुर उपमहानगरपालिकाको सक्रियतामा सुरु भएको विमानस्थल २०७३ साल चैत २ गतेदेखि बन्द भएको थियो । हवाई सेवा सञ्चालनमा आएपछि दाङमा खुसिहालि छाएको छ । बाजागाजा सहित नाचगान गरेर विमान र विमानमा सवारी व्यक्तिहरुलाई स्वागत गरिएको थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org