ताजा समाचार

प्रचण्ड एकाएक पुगे बालकोट, ओलीसँग डेढ घण्टा छलफल गर्दा भयो ठोस ३ निर्णय

काठमाडौं, २३ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । चितवनबाट काठमाडौं फर्किएका प्रचण्ड र ओलीबीच आइतबार साँझ ओली निवास बालकोटमा भेटवार्ता भएको हो । करिब डेढ घन्टा लामो छलफलमा तीनवटा ठोस निर्णय गरेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्याउन सोमबार दुवै पार्टीको शीर्ष बैठक राख्ने सहमति भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । एमालेले सोमबार दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बोलाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि बैठक बोलाउनेछ ।

भेटमा दुई पार्टीबीच एकता संयोजन समितिको बैठक मंगलबार बस्ने सहमति भएको छ । बैठकले राजनीतिक, वैचारिक र संगठनात्मक समिती बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको भेटपछि प्रचण्डले पत्रकारलाई जानकारी दिए ।

दुई सातायता अस्वस्थ्य रहेका ओली नियमित चेकजाँचका लागि विदेश जानु अघि नै पार्टी एकताका विषयमा ठोस निर्णय गर्ने विषयमा दुई नेताबीच सहमति भएको छ । भेटमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टी एकता, नयाँ सरकार गठन लगायत विषयमा छलफल भएको छ । ओली नियमित स्वास्थ्य चेकजाँचका लागि २६ गते थाइल्याण्ड जाने तयारीमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org