ताजा समाचार

सर्वोच्चको आदेश आएको तीन घण्टामै डा. गोविन्द केसी पक्राउ, सिंहदरबार हिरासतमा राखियो

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतको आदेशपछि प्रा. डा. गोविन्द केसी पक्राउ परेका छन् । अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि प्रहरीले केसीलाई अनसन स्थलबाटै पक्राउ गरेको हो ।

डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए । केसीलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको थियो । अहिले सिंहदरबारको हिरासतमा राखिएको छ । उनलाई पक्राउ गर्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

‘उहाँलाई सर्वोच्च अदालतको आदेशका आधारमा पक्राउ गरिएको,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेले भने, ‘अहिले सिंहदरबार वृत्तमा राखिएको छ।’केसीले आफूलाई जहाँ पुर्‍याइन्छ त्यही अनशन गर्ने जनाइसकेका छन्।

http://news-nepal.com/726602/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org