ताजा समाचार

नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा बस्दै

काठमाडौं, २७ पुस । नेपाल भारत प्रबुद्ध समूहको छैठौं बैठक दिल्लीमा सुरु हुँदैछ । नेपाल र भारतबिचको सम्बन्ध तथा सन्धि पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहको छैठौं बैठक आजदेखि दिल्लीमा बस्न लागेको हो ।

सन् १९५० को सन्धिलगायत नेपाल र भारतबिच भएका अरु सन्धि, खुला सिमाना, व्यापारलगायका समग्र विषयमा प्रतिवेदन लेखनका चरणमा प्रबुद्ध समूहको बैठक केन्द्रित हुनेछ । आउने असार महिनामा प्रवुद्ध समूहको दुई वर्षे कार्यकाल सकिँनै लाग्दा बस्न लागेको बैठकमा ठोस छलफल गर्ने तयारी भईरहेको छ ।

आजको बैठकपछि दुईवटा मात्र बैठक बस्ने र प्रतिवेदन लेखनको काम सुरु हुने प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा भएको बैठकमा नेपाल पक्षले नेपाल भारतबिच रहेका असमान विषयलाई हटाउन प्रस्ताव गरेका थिए ।

त्यसबेला भारतीय पक्षले नेपालको कुरा सुनेको मात्र थियो जसका कारण बिहीबारदेखि बस्ने छैठौं बैठकलाई महत्वपूर्ण मानिएको छ । समूहमा नेपाल र भारतका तर्फबाट चार चार जना सदस्य रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org