ताजा समाचार

३० किलोको माला लगाएका प्रचण्डमाथि बाबुरामले हाने राजनीतिक झटारो, के थियो कारण ?

काठमाडौं, २९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले व्यंग्य प्रहार गरेका छन् । भट्टराईले शनिवार ट्वीट मार्फत प्रचण्डलाई व्यंग्य गरेका हुन् । प्रचण्डले ३० किलोको माला लगाएको तस्विर समेत शेयर गर्दै पछिल्लो समय आर्थिक समृद्धिनै अबको मुख्य कार्यभार भएको बताउँदै आएका भट्टराईले प्रचण्ड माथि यही विषयमा व्यंग्य गरेका हुन् ।

समृद्धिलाई मुख्य एजेण्डा मान्ने प्रिय कमरेडले ३० किलोको माला ग्रहण गरी फुलको बजार विस्तार गरेर समृद्धी निर्माण गर्न लाग्नुभएको हो ? उनले प्रचण्डलाई प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘समृद्धीलाई मुख्य एजेण्डा मान्नुहुने मेरा प्रिय कमरेडले ३० किलोको माला ग्रहण गर्नुभएको फूलको बजार विस्तार गरेर देशको समृद्धिको आधार निर्माण गर्ने नयाँ राजनीतिक अर्थशास्त्रको नियम प्रतिपादन गर्नलाई हो कि कसो हो ? प्रकाश पारिदिनुभए हामी सबै अनुगृहित हुनेथियौं !’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org