ताजा समाचार

सातै प्रदेशका भीआइपीलाई तत्काल चाहिने भयो दुईसय गाडी, गृहलाई सकस

काठमाडौं, १२ माघ । प्रदेशका भीआइपीहरुलाई तत्काल २ सय भन्दा बढी गाडी चाहिने भएको छ । प्रदेशमा अहिलेसम्म आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको गृहमन्त्रालय स्रोतले जनाएको छ । एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको मन्त्रालयले जनाएको छ ।

भीआईपीको गाडी व्यवस्थापन गर्ने जिम्मेवारी गृह मन्त्रालयका हो । एकै पटक दुई सय गाडीको व्यवस्थापन गर्नुपर्दा निकै सकक भएको स्रोतको भनाई छ । केही सयमभित्रै सातै प्रदेशमा आउने मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालयमा रहने प्रमुख सचिव, सचिव र तीनजना सहसचिवलाई गरी कम्तीमा ४५ वटा, प्रदेशका सात मन्त्रालयका मन्त्रीलाई कम्तीमा ४९ तथा सचिवलाई ४९ वटै गाडी चाहिने गृहले जनाएको छ ।

सातै प्रदेशमा सभामुख र उपसभामुखलाई गरी १४ वटा गाडी चाहिने भएको छ । प्रदेशसभा सञ्चालन गर्ने सचिव तथा कर्मचारीका लागि पनि दर्जनौं गाडी चाहिने गृहको निष्कर्ष छ । ति गाडीको व्यवस्थापन गर्न गृहको टाउको दुखाई बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org