ताजा समाचार

प्रचण्डले सुष्मा स्वराजलाई भेटिरहेकै बेला नारायणकाजी किन भए असन्तुष्ट ?

काठमाडौं, १९ माघ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणप्रति असन्तुष्टि जनाएका छन् । स्वराजको भ्रमण राजनीतिक र कुटनीतिक रुपमा पनि सामान्य अभ्यास अनुसार नभएको भन्दै श्रेष्ठले असन्तुष्टि जनाएका हुन् ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वराजसँग काठमाडौंको एउटा पाँचतारे होटलमा भेट भइरहेका बेला नेता श्रेष्ठले ट्वीटरमार्फत असन्तुष्टि जनाएका हुन् । तर भ्रमणलाई फलदायी बनाउन राष्ट्रिय स्वार्थमा ध्यान दिँदै आफ्नो गौरवलाई कायमै राख्नुपर्नेमा नेता श्रेष्ठले जोड दिए ।

यसअघि पनि श्रेष्ठले स्वराजको भ्रमणप्रति आशंका व्यक्त गर्दै आएका थिए । नेपाल आउने कुरा चलिरहेकै बेला श्रेष्ठले कतै नेपालमा हुन लागेको वाम एकता र नयाँ सरकार गठनमा समस्या सिर्जना त गर्ने हैन् भन्दै आशंका व्यक्त गरेका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org