ताजा समाचार

मधेसी नेताले संविधान संशोधनको कुरा टक्राउँदा सुष्माले भनिन्, ‘अब के को संशोधन’

काठमाडौं, १९ माघ । लामो समयपछि भारतले नेपालको संविधान स्वीकारेको देखिन्छ । संविधान लागू भएदेखिनै असन्तुष्टि जनाउँदै आएको भारत अन्ततः पक्षमा उभिएको हो । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो संकेत गरेकी हुन् ।

मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नुपर्ने अडान राख्ने आएको भारत अन्ततः संविधानकै पक्षमा उभिएको हो । भारतीय विदेश मन्त्री स्वराजलाई भेट्न आएका मधेशी नेताहरुलाई यस्तो संकेत गरेकी हुन् । बिहीबार राति सोल्टी होटलमा मधेसी नेताहरुसँग भएको सामूहिक भेटवार्तामा स्वराजले संविधान संशोधन तपाईहरुको आन्तरिक मामिला भन्दै पन्छिन् खोजिन । जसले गर्दा ठूलै आश गरेर होटल सोल्टी पुगेका मधेशी नेताहरु निराश भएर फर्किए ।

भेटमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु उपस्थित थिए। नेताहरुले संविधान संशोधनको विषय उठाउँदा स्वराजले यो तपाईँहरुको आन्तरिक मामिला भन्दै पन्छिएकी राजपा नेता राजकिशोर यादवले जानकारी दिईन् ।

अघिल्लो पटक नेपाल भ्रमणमा आउँदा उनले संविधान संशोधनका लागि भारतले पहल गरिदिने वाचा गरेकी थिइन्। केपी ओली नै प्रधानमन्त्री छँदा भारतले तत्कालीन परराष्ट्र मन्त्री कमल थापामार्फत् भारतले चाहेको संशोधनको चार बुँदा पठाएको थियो। त्यतिमात्र होइन, भारतको संसदमा नेपालमा गरिएको नाकाबन्दी बारे बहस हुँदा उनै स्वराजले नेपालको नेतृत्वले आफूले दिएका सुझावलाई बेवास्ता गर्नु नै अहिलेको संकटको कारण भएको दावी गरेकी थिइन्। उनले संविधान संशोधनमा भारतको चासो पनि स्पष्ट राखेकी थिइन्।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनसँगै ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेपछि भने भारतले आफ्नो नीतिमा परिवर्तन गर्न लागेको संकेत मधेसी नेताहरुसँगको भेटका क्रममा स्वराजको युटर्नबाट देखिएको छ।

स्वराजसित भेटका क्रममा उनले मधेसी नेताहरुलाई मिलेर निर्वाचन लडेको र परिणाम राम्रो आएकोमा भारत खुशी भएको बताएकी नेता यादवले बताए । परेको बेला सहयोग गर्न भारत तत्पर रहेको पनि उनले बताएकी थिइन्। उनले संविधान संशोधनको लागि नेपाल सरकार, राजनीतिक दलहरुलाई तपाईहरुको दवाव चाहियो भन्दै उनले भनिन्, ‘यो तपाईहरुको आन्तरिक मामिला हो । यसमा हामीले केही पनि गर्न सक्दैनौं । अब पनि के को संशोधनको कुरा गर्ने र विकास गरेर अगाडि बढ्नुहोस् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org