ताजा समाचार

पूर्वराजदूत उपाध्यायले भने, ‘सुष्माको नेपाल भ्रमणले देशलाई ठूलै हानि पुग्छ’

काठमाडौं, १९ माघ । भारतका लागि पूर्व राजदूत दीप कुमार उपाध्यायले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण अनुपयुक्त भएको बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका पूर्वराजदुत उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र नेताहरुसँगको भेटघाट कुटनीतिक फ्रेम भित्र नरहेको टिप्पणी गरेका हुन् ।

दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज कसको निमन्त्रणामा नेपाल आएको हो भन्ने नै स्पष्ट नभएको उनले बताए । ‘ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपुर्व न भारतले भन्यो न ओलीले देशलाई जानकारी गराए’ उनले भने, ‘कुटनीतिक मर्यादा विपरित भएका भेटघाटले अन्ततः नेपाललाई हानी पुग्छ ।’

भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सल्लाह नभएको प्रति इंगित गर्दै भने, ‘भारतीय प्रधानमन्त्री मोदीलाई आउनूपूर्व र फर्केपछि व्रिफिङ हुन्छ तर नेपालमा त्यो देखिएन ।’ स्वराजको भ्रमण सरकार वा ओलीको कसले निमन्त्रणा गरेको पारदर्शी नभएको उनले वताए । कुटनीतिक फ्रेममा नपरेका विगतका घटनाबाट नेपालले पाठ सिक्न नसकको उनले औंल्याए ।

भारतसँग कुटनीतिक सम्वन्ध यस्तै रुपमा जारी रहने हो भने ठूलो देश हुनुको नाताले उसले लाभ लिइरहने समेत बताए । तर त्यसले नेपाललाई ठूलै क्षति हुने उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org