ताजा समाचार

सुष्माले भाउँ नदिएपछि कमल थापाद्धारा बालुवाटारमा स्वराजको लञ्ज वहिस्कार

काठमाडौं, १९ माघ । कमल थापाले बालुवाटारमा सरकारले आयोजना गरेको लञ्च वहिस्कार गरेका छन् । राप्रपा अध्यक्ष तथा उपप्रधान तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागतमा सरकारले आयोजना गरेको लञ्च वहिस्कार गरेका हुन् ।

विगतमा भारतीय अधिकारीहरुले थापालाई अलग्गै भेट्ने गरेका थिए । तर, विगतमा २४ सिट जितेर चौथो दल बनेको राप्रपा पछिल्लो निर्वाचनमा एक सिटमा खुम्चिएपछि यसपटक सुष्माले थापालाई अलग्गै भेटवार्ताको सूचीमा राखिनन् । आफुसँग भेट्ने कार्यसूची नबनाएपछि थापा वालुवाटार नगएर त्रिभुवन अअन्तर्राष्ट्रिय विमानस्थलमा गएर बसे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वराजलाई आफ्नै निवास बालुवाटारमा शुक्रबार भेट गरेका छन् । भेटका अवसरमा देउवाले भारतीय पाहुनालाई लञ्चसहित स्वागत गरेका थिए । तर, सरकारले दिएको दिवाभोजमा थापा भने अनउपस्थित भएका हुन् ।

उपप्रधानमन्त्री थापा चितवन, मकवानपुर र बारातिर घुम्न जाने भन्दै विमानस्थल पुगे पनि मौसमका कारण विमान उडेन र त्यहीँ बस्न बाध्य भए । उपप्रधानमन्त्री थापा हेटौंडाको पूर्वनिर्धारित कार्यक्रममा जानका लागि एयरपोर्ट पुगेका हुन् । तर, उडान ‘डिले’ हुँदासमेत उनी बालुवाटार फर्केनन् र सुष्मासँग भेट गरेनन् ।

भारतीय विदेश मन्त्रीलाई सरकारका तर्फबाट दिवाभोजले स्वागत गर्नु अस्वाभाविक भएको पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले आफ्ना निकटस्थहरुसँग बताएका छन् । छिमेकी देशले दूतका रुपमा पठाएको प्रतिनिधिलाई नेपालमा तामझामका साथ स्वागत सत्कार गरिनु अस्वाभाविक भएको भन्दै उपप्रधानमन्त्री थापा सुष्मासँग तर्किएर नभेटिकन हिँडेको स्रोतको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org