ताजा समाचार

उपमेयर जाग्रीको घरमा आगलागी, नगद तथा जिन्सी जलेर नष्ट

बझाङ, १९ माघ । बझाङको जयपृथ्वी नगरपालिकाकी उपमेयर जुना जाग्रीको घरमा आगलागी भएको छ । आगलागीबाट जाग्रीको कोठामा भएको नगद तथा जिन्सी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । के कारणले आगलागी भएको हो भन्ने एकिन भई नसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख माधव विश्वकर्माले जानकारी दिए ।

आगो प्रहरी, स्थानीय र नेपाली सेनाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जाग्री कामको शिलशिलामा काठमाडौं गएकाले घरको अन्य कोठामा रहेका सामान स्थानीयले कोठाको झ्याल फुटाएर बाहिर निकालेका प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org