अन्ततः सुष्मा स्वराजको मिसन सफलः एमाले-माओवादी पार्टी एकता तत्काललाई टर्यो
काठमाडौं, २१ माघ । दुई शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा एमाले-माओवादीबीचको पार्टी एकता लम्बिो भएको छ । पार्टी एकतापछि बन्ने एकीकृत पार्टीको पद बाँडफाँडमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा एकता प्रक्रिया लम्बिएको हो ।
अब नयाँ सरकार गठनभएपछि मात्रै पार्टी एकताको प्रक्रिया अगाडि बढ्नेछ । ‘राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभाको सरकार गठनसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा लाग्नुपर्ने भएकाले दुवै दलको ध्यान अब नयाँ सरकार गठनमा केन्द्रित हुन्छ।’ एमाले एक नेताले भने ।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादीका बीचमा पटक–पटक छलफल र वार्ता भए पनि सहमतिको टुंगो लाग्न नसक्दा एकता प्रक्रिया लम्बिएको हो । माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ भने एमाले सरकार गठन र पार्टी एकता प्रक्रिया एकसाथ अगाडि बढाउने नीतिमा रहेको छ।
सरकार गठनअघि नै पार्टी एकता गर्न माओवादीले दबाब दिए पनि एमालेले भने पर्ख र हेरको रणनीति लिएको छ। ओली र प्रचण्डका बीचमा नै पद बाँडफाँडमा कुरा मिल्न नसकेपछि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन। राष्ट्रियसभाको सदस्य र प्रदेशसभाको मुख्यमन्त्री, सभामुखमा पद बाँडफाँड गर्नका लागि कार्यदल गठनमार्फत टुंगो लगाए पनि पार्टी एकताका लागि गठन गर्न भनिएको वैचारिक सैद्धान्तिक र संगठनात्मक दुईवटा कार्यदल गठन हुन सकेको छैन।
सहमति निर्माणका लागि ओली र प्रचण्डबीच पटक–पटक वान टु वान वार्ता भए पनि अध्यक्षकै विषयमा सहमति जुट्न नसकेको एमालेका एक नेताले बताए। उनले भने– ‘पार्टी एकता हतारमा गर्ने विषय होइन, पर्याप्त गृहकार्य गरेर मात्र काम गर्नुपर्छ, पद बाँडफाँडमा केही कठिनाइ छ, अध्यक्ष तहमा मिलेपछि तल समस्या धेरै समस्या छैन।’
सुष्माको नेपाल भ्रमणले झन समस्याः
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई पार्टीको धारणा समेत परिवर्तन भएको छ । एमाले अध्यक्ष ओली स्वराज नेपाल भरमाबाट फर्किएसँगै पार्टी एकतालाई थाति राखेर सरकार गठन तत्काल गर्ने निर्णयमा पुगेका छन् । सुष्मालार्इ सोल्टीमा एक्लै भेटेका ओलीले आफ्नो गोप्य वार्ताका बारेमा अहिलेसम्म मुख खोलेका छैनन तर एकतालार्इ पर्ख र हेर भन्दै माओवादी केन्द्रलार्इ यहि अवस्थामा झुण्ड्याएर एक्लै ५ बर्ष प्रधानमन्त्री बन्ने दाउ अब ओलीको देखिएको छ ।
ओलीको यो निर्णयसँगै सुष्माको नेपाल भ्रमण सफल भएको राजनीतिक विश्लेषकहरुको बुझाई छ । सुष्माको गैरकुटनीतिक नेपाल भ्रमणको एमाले(माओवादी केन्द्रकै नेताकार्यकर्ताहरुले ब्यापक बिरोध गरेका छन् । माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम, रामकुमारी झाँक्री लगाएतका नेताहरू ओलीदेखि फायर बनेका छन् ।
यता माओवादी नेता नारायनकाजी श्रेष्ठ लगाएत प्रचण्डको सचिवालय पनि खुल्लमखुल्ला विरोधमा उत्रिएको छ । आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटलाई लिएर एमाले कार्यकर्ताहरुले गम्भीर असन्तुष्टि जाहेर गरिरहेका छन् ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...