ताजा समाचार

एमालेभित्र बढ्दो भाषण मोहः प्रदेशसभाको पहिलो बैठकमा ओली र नेपाल गुटको सम्बोधन

जनकपुरधाम, २१ माघ । प्रदेश २ को पहिलो बैठकमा एमालेका दुई नेताले सम्बोधन गरेका छन् । प्रदेशसभामा उपस्थित प्रत्येक दलका एकएक नेताले सम्बोधन गरेपनि एमालेबाट भने दुई नेताले सम्बोधन गरेका हुन् । प्रदेश २ को तेस्रो ठूलो दल एमालेका सत्यनारायण मण्डल र सत्रुघन महतोले सम्बोधन गरे । सुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरे भने अन्तिममा शत्रुघन महतोले समय पाए ।

जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका लगनलाल चौधरी पनि एमालेकै सांसद हुन् । तर, उनले आफ्नो दलप्रति अतिरित्त मोह देखाएका भने होइनन् । पार्टीभित्रको गुटका कारण दलले पाएको १० मिनेट आधा आधा गरेर दुई सांसदले बोलेका हुन् । प्रदेशसभामा कसले सम्वोधन गर्ने भन्नेबारे छलफल गर्न जनकपुरधाममा आइतबार विहान एमाले एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा सप्तरीका सांसद एवं पूर्वमन्त्रीसमेत रहेका पूर्वमन्त्री मण्डलले बैठकमा आफूले दलको तर्फबाट बोल्ने दाबी प्रस्तुत गरे । पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल केपी ओली गुटका नेता हुन् । तर, महतोले आफूले बोल्ने दाबी गरे । महतो माधव नेपाल गुटका नेता हुन् ।

ओली गुटका मण्डल र माधव नेपाल गुटका महतो दुबैले प्रदेश २ मा संसदीय दलको नेता बन्ने दाबी गर्दै आएका छन् । बैठकमा दुबै नेता पछि नहटेपछि एमालेले पाएको १० मिट समयभित्रै पर्ने गरी ५र५ मिनेट दुबै नेताले प्रदेशसभालाई सम्वोधन गरेका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org