ताजा समाचार

प्रदेश २ मा सभामुखको चुनाव फागुन २ गते हुने

जनकपुरधाम, २१ माघ । प्रदेश २ मा प्रदेशसभा सभामुखको चुनाव आगामी फागुन २ गते हुने भएको छ । आइतबार जनकपुरधाममा सम्पन्न पहिलो प्रदेशसभा बैठकले फागुन २ गतेका लागि सभामुखको निर्वाचनको मिति तोकेको हो ।

प्रदेशसभाको दोस्रो बैठक भने माघ २९ गते बस्ने भएको छ । आइतबारको बैठकमा प्रदेशसभामा उपस्थित दलका नेताहरुले सम्बोधन गरेका थिए । बोल्ने नेताहरुले नेताहरुले प्रदेश २ लाई सम्बृद्ध बनाउनु पर्ने र मधेसमा रहेको अशिक्षा, गरिबी अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org