ताजा समाचार

यही हो दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ ट्विस्ट ल्याउने लिखित मिलापत्र

काठमाडौं, २१ माघ । दरबारमार्ग बलात्कार प्रकरणले फेरी नयाँ ट्वीस्ट आएको छ । सामूहिक बलात्कारको सिकार भएकी भनिएकी युवतीले प्रहरीसँगको बयानमा आफूलाई जबर्जस्ती बलात्कार नभएको बताएकी छिन् । माघ ७ गते काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेको तर कुनै लिखित उजुरी आफूले नदिएको बताएकी हुन्।

प्रहरीको रोबहरमा दुई विच मिलापत्र भएको लिखित प्रमाण फेला परेको छ। प्रहरीको रोहबर कतै नभेटिने उक्त सहमती कागजमा युवतीका बावुआमा दुवैले हस्ताक्षर गरेका छन् । कागजको अन्त्यमा ‘यस कार्यालयमा’ भन्ने शब्द उल्लेख गरिए पनि कुन कार्यालय भन्ने खुलेको छैन ।

केही दिनदेखि सम्पर्कविहीन भए पनि युवती गत बुधवारबाट सम्पर्कमा पुगेकी थिइन्। शुरुमा आफूलाई चार जनाले बलात्कार गरेको उजुरी दिन बृत्त दरबारमार्ग पुगे पनि अहिले भने आफुखुशी एक जनासँग मात्र यौन सम्पर्क गरेको लिखित बयान दिएकी छिन्। एक अनुसन्धान अधिकृतले भने, ‘युवतीको बयान अहिले एकाएक परिवर्तन भएको छ। उनले आफुखुशी यौन सम्पर्क गरेको बताएकी छिन्।’ उनीहरुको मिलापत्रमा उल्लेख छः

‘शैलेस कार्कीसँग साथीको रुपमा चिनजान भई हामीहरुले बेलाबखतमा भेटेघाट हुने घुम्न जाने सँगै बस्ने गर्दथ्यौं। हामीहरु विवाह गर्ने समेत सरसल्लाह भइसकेको कारणले मलाई आजभन्दा २ महिना अगाडि काठमाडौं चक्रपथमा रहेको होटेल कम्पार्टमा एक रात हामी सँगै बसेकामा निज र मेरो सल्लाह अनुसार शारीरिक सम्पर्कसमेत् भएकोमा माघ ७ गते राति कमलादीमा रहेको होटेल ल्याण्डमार्कको कोठा नम्बर ४०५ बुक गरी हामीहरु दुवै जना सँगै बसेकोमा हामीले बाइन रक्सी समेत सेवन गरेकोमा उक्त दिन हामीहरुले दुवै जनाको सल्लाहमा एक चोटी शारीरिक सम्पर्क भएकोमा पछि निज शैलेश कार्कीसँग नशाको सुरमा विवाद भएको र निजले मलाई होटेलमा छोडी गएको कारण मैले रिसको आवेगमा भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालय गर्इ मलाई शैलेश कार्की समेत निजको साथीहरुले जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ।’

‘रिसको आवेगमा मलाई होटेलमा जबरजस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गई जानकारी गराउनु मेरो गल्ती भयो। मलाई कोही कसैकसैले पछि अनुचित यौन सम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता कुनै अनैतिक कार्यहरु गरेको छैन। अब आइन्दा यस विषयलाई लिएर कहीँ कतै उजुरी गर्नेछैन।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org