ताजा समाचार

प्रधानमन्त्री देउवा पत्नी आरजु चढेको गाडीलाई ठक्कर दिएर जीप फरार

काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं आरजु राणा देउवा चढेको गाडीलाई अर्को जिपले ठक्कर दिएको छ। पशुपति क्षेत्रको गौरीघाटमा उनी चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको स्कार्पियोले ठक्कर दिएको हो।

उनी चढेको गाडीमा सामान्य क्षति पुगेको छ। ठक्कर दिएपछि स्कार्पियो गाडीसहित चालक फरार भएका छन् । फरार गाडीको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सबै मातहतका बृत्त तथा प्रभागमा ठक्कर दिएको गाडीको खोजी गर्ने निर्देशन दिएको छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org