ताजा समाचार

प्रदेश ७ को पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव माघ २९ गते

धनगढी, २१ माघ । प्रदेश ७ को पहिलो बैठक सम्पन्न भएको छ । अब अर्को बैठक माघ २९ गते बस्नेछ । आइतबार बसेको पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पारित गरेको छ । बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७४ बर्षीय दिव्यश्वरी शाहले सभामुखको हैसियतमा सञ्चालन गर्नुभएको थियो ।

सभामुख शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदहरुले संबोधन गरेका थिए ।

प्रदेश ७ मा नेकपा एमालबाट प्रकाश वहादुर शाह, नेपाली काग्रेसबाट भरत बहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रिय जनता पार्टीबाट मालामती रानाले सम्वोधन गर्नुभएको थियो । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, पुर्णा जोशी, विरमान चौधरी र कृष्ण चौधरी रहेका छन् ।

बैठकमा सभामुखले प्रदेश ७ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधी पनि पास गरिएको छ । उक्त प्रस्ताव पास भएसंगै सभामुखको निर्वाचनको लागी माघ २९ गतेको मिति तोकिएको छ । त्यसका लागी आन्तरिक तयारी गर्न र सुचना प्रकाशन गर्न प्रदेश प्रमुखको कार्यालय सचिव मुरारी महतलाई निर्देशन पनि दिईएको छ । ९ जिल्ला रहेको प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिकगरी ५३ सांसद छन् । तस्वीर: शेरबहादुर सिंह, धनगढी रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org