भ्रमणका नामका राज्यकोषमाथि ब्रह्म लुट, ६ महिनामा राष्ट्रपतिदेखि सचिव सम्मले सके १२ करोड ७५ लाख
काठमाडौं, २२ माघ । पछिल्लो ६ महिनामा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिव लगायतको विदेश भ्रमणमा राज्यकोषको १२ करोड ७५ लाख रुपैयाँ सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको युएई र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको खर्च पनि यसैमा जोडिएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भएको खर्च यसमा जोडिएको छैन ।
नयाँ पत्रिकाका अनुसार मन्त्री, सचिव र अन्य कर्मचारीको रोजाइ अमेरिका र दक्षिण कोरिया देखिएको छ । त्यसपछि अस्ट्रेलिया, क्यानडा, स्विट्जरल्यान्ड, जर्मनी, अर्जेन्टिना, श्रीलंका, फिलिपिन्स लगायत देशमा मन्त्री र कर्मचारीहरू पुगेका छन् । एक सचिवका अनुसार विदेशमा मन्त्री र सचिव सहभागी हुन गएका कार्यक्रम मध्ये अधिकांश अधिकृत र उपसचिव तहका कर्मचारीले प्रतिनिधित्व गर्ने कार्यक्रम थिए । मन्त्रिपरिषद्बाटै प्रस्ताव स्वीकृत गराएर उनीहरू विदेश भ्रमणमा गएको देखिएको छ ।
मुख्य खर्चहरु यस्ताः
० राष्ट्रपति विद्यादेवी भण्डारीको युएई भ्रमण खर्चः ७७ लाख ८२ हजार
० प्रधानमन्त्री देउवा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका भ्रमण खर्चः चार करोड ५५ लाख ४१ हजार ७५४
० सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतको अर्जेन्टिना र दक्षिण कोरिया भ्रमण खर्चः १९ लाख ४९ हजार
० तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशहरूको विदेश भ्रमण खर्चः १९ लाख ३४ हजार
३ महिनामा ११ सय भन्दा वढी सरकारी कर्मचारी विदेश:
नागरिक दैनिकका अनुसार पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धन लगायतका शीर्षकमा १ हजार १२० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी भ्रमण भएका छन् ।
आन्तरिक स्रोतले नियमित खर्च पनि धान्न नसकी सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश सयरमा निस्केका हुन् । ‘कात्तिक १५ गते देखि माघ १५ गते सम्म तीन महिनाको अवधिमा कुल १ हजार १२० कर्मचारीले विदेश भ्रमण गरेको विवरण प्राप्त भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले भन्यो, ‘यो भ्रमणका लागि ७८ करोड भन्दा बढी रुपैयाँ खर्च भएको छ ।’
निर्वाचन आयोगले गत भदौ १४ गते देखि मंसिर २१ गते सम्म प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू गरेको थियो । यस अवधिमा नेपालले सहभागिता जनाउनै पर्ने बाहेक अन्य कार्यक्रमको बाहानामा कर्मचारीलाई विदेश भ्रमण नगर्न आयोगले भनेको थियो तर यही अवधिमा सबैभन्दा बढी सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् । ‘निर्वाचन आयोगको आचारसंहिताले पनि काम गरेको देखिएन । कर्मचारी अनावश्यक कार्यक्रममा सहभागी हुन सबैभन्दा बढी यही अवधिमा गएका छन्,’ स्रोतले भन्यो ।
Comments
अरु समाचार
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...