ताजा समाचार

के तपाई कसिलो लुगा लगाईराख्नु भएको छ ? हो भने यस्तो असर गर्छ

एजेन्सी । कसिलो जिन्स पाइन्ट र टिर्सट फेसनको रुपमा देखिएको छ । विशेषगरी महिलाहरुले यसलाई बढी प्रयोग गरेको देखिन्छ । यसले खुट्टा सुनाउने देखि स्वास्थ्यसम्बन्धि अन्य गम्भीर समस्या निम्त्याउने सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाटीको टाई लगाउदा नसासम्बन्धि समस्यादेखि क्यान्सर हुने हुने विज्ञहरुको भनाई छ ।

कसिला लुगा लगाउदाका बेफाइदाः
नसा दबिनेः कसिला जिन्स पाइन्टले नशाको रक्त प्रवाहमा असर गर्ने भएकोले महिलाको तिग्रामा पीडा बढाउँछ । विशेष गरी महिलाको पेल्भिक क्षेत्रमा यसले असर गर्छ । कसिलो लुगाले तिग्राको वरपर र पछाडिको भागमा भतभती पोल्छ । यसले नशामा समेत असर गर्छ ।

स्पाइन र माशंपेशीमा असन्तुलनः
टाइट पाइन्ट र स्कर्टले मांशपेशी र जोर्नीमा असर गर्छ । सामान्यतया केही समय झुक्दा र बस्दा कसिलो पाइन्टले असर नदेखिन सक्छ । तर लामो समयसम्म यस्ता लुगा लगाई हिँडडुल गर्दा दीर्घकालिन रुपमा नै हिपलाई असर गर्न सक्छ । एक जर्मन अध्ययन अनुसार कसिलो ट्राउजर अग्ला हिलले जोनीसम्बन्धि रोग लाग्ने गर्छ ।

घाँटीमा दखाईः
पुरुषले लगाउने कसिलो घाँटीको टाईले लामो समयसम्म घाटीमा दुखाई हुनेदेखि मांशपेशीका नशा दुख्ने गर्छ । ब्रोजिक इट अलले गरेको एक अध्ययन अनुसार कसिलो घाटीले आँखा दुख्नुका साथै ग्लुकोमा रोग लाग्ने गर्छ । लामो समयसम्म कसिलो टाइ लगाउनेमा घाटी वरपरको नसामा बढी संवेदना बढाउँछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org