ताजा समाचार

‘धुर्मुस-सुन्तली’ ले एक करोड ३० लाख ऋण निकालेर ठड्याए सन्तपुर बस्ती (फोटो फिचर)

काठमाडौं, २२ माघ । भोली अर्थात मंगलबार हास्य कलाकार सिताराम कट्टेल आफ्नो परिश्रमको फल सन्तपुरबासीलाई सुम्पिने योजनामा छन् । त्यसको लागि उनी रौतहटको ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ हस्तान्त्ररणका लागि तयारी गर्दैछन् ।

हास्य कलाकार दम्पती सिताराम र कुञ्जना (धुर्मुस-सुन्तली) ले दिलोज्यान दिएर बनाएको सन्तपुर मुसहर बस्ती निर्माण कार्य सकिएको छ । अब केबल उक्त बस्ती सन्तपुरबासीलाई हस्तान्तरण गर्नुमात्रै बाँकी छ । त्यसको लागि धुर्मुस सुन्तलीले भोली अर्थात माघ २३ गते विहान ११ बजे बस्ती हस्तान्तरण कार्यक्रम राखेका छन् । धुर्मुसले यसको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गराएका छन् ।

भूकम्प, बाढी पहिरो, डुबान तथा गरीबीका कारण आक्रान्त बनेका जनताका लागि सरकार मुकदर्शक बनिरहँदा तिनै जनताको मुहारमा खुसीका लागि धुर्मुस-सुन्तलीले यो कार्य गरेका हुन् । धुर्मुसले आफनो जन्मदिनको अवसर पारेर ४७ वटा घर, प्राथमिक विद्यालय, सामुदायिक भवन, मन्दिर र भ्युटावरका ५० वटा भन्दा बढी संरचना निर्माण गर्न गत असोज ४ मा बस्तीको शिलान्यास गरेका थिए।

माघ २४ गते बस्तीहस्तान्तरण गर्ने बताइएको भए पनि लक्ष्य भन्दा एक दिन अगाडि नै धुर्मुस-सुन्तलीले बस्तिको साँचो स्थानीयबासीलार्इ बुझाउँदै छन् । बस्ती पूर्णरूपमा निर्माणको लागि एक करोड ३० लाख भन्दा बढी रकम अपुग भएपनि धुर्मुसले ऋण लिएर निर्धारित समय अगावै बस्ती हस्तान्तरण गर्न खोजेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org