ताजा समाचार

प्रदेश २ नेपाली कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव चयन

जनकपुरधाम, २२ माघ । नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेतामा धनुषा जिल्ला सभापति समेत रहेका यादवलाई चयन गरेको हो ।

प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छन् भने एमाले प्रमुख विपक्षी दल बनेको छ । यादव प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) निर्वाचित भएका थिए । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरलाई पराजित गर्दै यादव प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org