झण्डै ६ करोडको बस्ती बनाउँदा ६० लाख ऋण बोकेर धुर्मुस-सुन्तली रौतहटबाट फर्किए
रौतहट, २६ माघ । धुर्मुस सुन्तली ६० लाख ऋण बोकेर काठमाडौं फर्किएका छन् । रौतहटको चन्द्रपुर-८ स्थित सन्तपुरमा एकिकृत नमुना सन्तपुर बस्ती निर्माण गरेर धुर्मुस सुन्तली काठमाडौं फर्किएका हुन् । ५ करोड ९४ लाख लागतमा एकिकृत बस्ती निर्माण गरेका धुर्मुस सुन्तली अन्नतः ६० लाख रुपैयाँ ऋणको भारी बोकेको काठमाडौं फर्किएका हुन् ।
उक्त एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले संचालन गरेको धुर्मुस सुन्तली फाउन्डेसनलाई ६० लाख ऋण लागेको छ। माघ २३ गते बाढी पीडितलाई घर हस्तान्तरण गर्दा ७० लाख रकम अपुग भएको थियो । त्यसपछि १० लाख रकम सहयोग जुटेको छ, अझै ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको फाउन्डेसनका व्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए।
बस्ती निमार्णका लागि ल्याइएको सामाग्रीवापतको करिब ६० लाख रकम तिर्न बाँकी रहेको र त्यो रकम सहयोग जुट्नेमा आशावादी रहेको बस्तीका बासिन्दासँग बिदा माग्दै फाउन्डेसनका अध्यक्ष तथा हास्य कलाकार धुर्मुसले बताए। बिदा हुँदै गर्दा धुर्मुस सुन्तलीले स्थानीयलाई सरसफाइमा विशेष ध्यान दिन, सबैजना मिलेर बस्न, छोराछोरीलाई विद्यालय पठाउन, मदिरालगायत नशालु पदार्थ सेवन नगर्न र बस्तीको हेरचाह गर्न आग्रह गरेका थिए ।
करिब ६० लाख बाँकी भएपनि तोकिएको मिती अगावै पीडितलाई घर हस्तान्तरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै बाँकी रकम सहयोग गर्न उनीहरुले अपिल गरेका छन्। धुर्मुसले भने ‘बाँकी रहेको रकम चाँडै तिर्नुपर्ने छ, रकम जुट्नेमा विश्वस्त छु।’ एकसय १५ दिनमा बस्ती हस्तान्तरण गर्न पाएकोमा सबैभन्दा खुशी व्यक्ति गर्दै, असल र सकारात्मक सोच लिएर अघि बढ्दा सबैबाट साथ र सहयोग पाएकाले मानवसेवामा लागिरहने प्रेरणा मिलेको समेत उनीहरुले बताए।
असोज २८ गते बाट निमार्ण सुरु गरेको नमुना बस्तीमा ४७ वटा आवसीय घर, बाल विकास विद्यालय, बाल उधान, सार्वजनिक शौचालय, मन्दिर, भ्यू टावर, खानेपानीको धारा र बाटो निमार्ण गरिएको छ। बिदा हुँदैगर्दा धुर्मुसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुस्तौ देखि पीडा त छदै थियोे, खुशीको पल जीवनमा कहिलै आएन, बाढी ले झनै खुशी खोस्दियो , आज ११५ दिन मा जिन्दगी भरि खोसिएको खुशी फर्किएको छ! अरु भन्दा नि १०७ बर्ष पुग्नु भाको आमा ( राम कल्लिदेवी हजारा )को मुहारमा देखिएको खुशी नै तपाईं हाम्रो खुशी हो जस्तो लाग्छ ! १०७ बर्ष मा पक्की घर मा बस्न पाउदा आमा धेरै खुशी हुनुहुन्छ । उहाँ जस्तै सम्पुर्ण आमाहरुको आशिर्वाद लागिरहोस!’
Comments
अरु समाचार
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...