ताजा समाचार

त्रिशूलीमा सरकारी गाडी खस्दा २ जना वेपत्ता, सिचाई सचिव यादवको शव फेला

काठमाडौं, २७ माघ । त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिँचाई सचिव रामानन्द यादवको शव फेला परेको छ । शनिबार बिहान त्रिशूलीमा गाडी खस्दा अझैै दुई जनाको अवस्था अज्ञात छ । उनको शव ड्राइभरको सिटबाटै निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप सचिव यादवले नै चलाएको देखिएको छ । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा तीन जना जना बेपत्ता भएका थिए । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूको अहिले खोजी कार्य भइरहेको छ ।

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा२ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो । जिप खसेको स्थान निकै गहिरो छ। दुर्घटनामा सचिव यादवसहित उनका २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ । सचिव यादव कपिलवस्तुस्थित घरबाट काठमाडौं आउँदै थिए । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org