ताजा समाचार

नेपाललार्इ दोस्रो सफलता, सन्दीपले लिए केन्याका दुवै विकेट

काठमाडौं, २९ माघ । नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत केन्यासँगको खेलमा दुई विकेट लिएको छ । दुवै विकेट नेपालका लागि सन्दीप लामिछानेले लिएका हुन् ।

सुरुवाती उत्कृष्ट ब्याटिङ गरेको केन्याका एलेक्स ओबान्डालाई सन्दीपले ४१ रनमा आउट गराए । सन्दीपले आफ्नो पहिलो ओभरमा नै पहिलो विकेट लिन सफल भएका हुन् । त्यस्तै सन्दिपले १८ औँ ओभरको चौथो बलमा केन्याका डिएम गोन्डारियालाई ४ रनमै पेभेलियन फर्कादिएका हुन् । अहिले २० ओभरको समाप्तिमा केन्याले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org