ताजा समाचार

के तपाई यौन क्षमता बढाउने सोचमा हुनुहुन्छ ? हो भने यसो गर्नुहोस

काठमाडौं, १ फागुन । यौन मानव जीवनको एक महत्वपूर्ण प्राकृतिक प्रक्रिया हो । यसलाई कसैले पनि अवरोध वा रोक्न सकिदैंन् । रोक्न र अवरोध गर्न नसकिने भएपछि यसलाई कसरी राम्रो बनाउने भन्ने तर्फ ध्यान दिनुपर्छ । यौन क्षमता बढाउने विभिन्न तरिका तथा औषधीहरु पनि छन् ।

यौन क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार पुर्खौदेखि नै हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ ।

१. ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ ।

२. ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

३. महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ ।

४. अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

५. अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पनि पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org