ताजा समाचार

सन्दर्भ प्रेम (भ्यालेन्टाई डे) दिवसः कसरी थाहा पाउने कसैले तपाईंलाई प्रेम गर्छ ?

काठमाडौं । यो संसार प्रेमविना अधुरो र अपुरो हुन्छ । प्रेम कुनै देखिने चिज होईन् यो त केबल एक अनुभूति मात्रै हो । प्रेमिल जोडीहरु त्यही अनुभूति संगालेर बाँच्छन् । जब कसैलाई मन पराइन्छ, मनमा बेग्लै झंकार पैदा हुन्छ । मन उथलपुथल हुन्छ ।

हामी कसैलाई माया गर्छौं, मन पराउँछौ भने, त्यही किसिमको माया पाउने अपेक्षा पनि गरिन्छ । आफुले जसलाई माया गरेको हो, उनले पनि माया गरोस् भन्ने चाहन्छौं । तर, कसैले आफुलाई माया गरिरहेको छ भनेर कसरी थाहा पाउने ? त्यसका संकेतहरु के हुन् ?

१. सामिप्यता खोज्नेः
जसलाई हामी मन पराउँछ, उनी पनि आफ्नो नजिक हुन खोज्छ भने यसलाई ग्रिन सिग्नलको रुपमा बुझे हुन्छ । जब कसैसँग भावनात्मक सम्बन्ध प्रगाढ हुँदै जान्छ, शारीरिक रुपमा पनि नजिकिन खोजिन्छ । उनकै आसपासमा बस्न खोजिन्छ । उसकै सामिप्यता खोजिन्छ । यसका लागि बहाना अनेक हुनसक्छ । कुनै न कुनै रुपमा कोहि आफ्नो निकट रहने प्रयास गर्छ भने उसले आफुलाई माया गरिरहेको छ भनेर बुझे हुन्छ ।

२. सम्पर्कमा रहन खोज्नेः
जब कसैले आफुलाई पनि मन पराउँछ भने, उनी हरक्षण सम्पर्कमा रहन खोज्छन् । कुनै न कुनै बहाना गरेर बोल्न चाहान्छन् । अहिले त मोवाइल फोन, फेसबुक जस्ता माध्यामहरु छन्, जसले सम्पर्क स्थापित गर्न सहज बनाइदिएको छ । यदि कसैले आफ्नो बारेमा निजी चासो राख्छ, दुखसुख सेयर गर्छ, सामान्य कुरामा पनि बातचित गर्न खोज्छ भने, बुझौं उनको मनमा आफ्नो प्रेम अंकुराउन थालेको छ ।

३. सहयोग गर्न तत्परः
जब कसैले चाहान्छ, मन जित्ने अनेक उपायहरु खोजिरहन्छ । सानोतिनो कुरामा पनि सहयोग गर्न अग्रसर हुन्छ । उनीहरुले यो देखाउन चाहन्छ कि तपाईको लागि उसलाई कति चिन्ता छ ।

४. हँसाउने प्रयास गर्नेः
तपाईंको प्रेममा परेको व्यक्ति सँधै तपाईंको ओठमा हाँसो देख्न चाहन्छ । उसको कुरामा तपाईं हाँसिदिनुभयो भने उसलाई त्योभन्दा ठूलो खुशी अर्को केही हुँदैन । कहिलेकाहीँ तपाईंलाई हँसाउने चक्करमा फाल्तु जोक वा बेअर्थी कुरा पनि बोलिदिन सक्छ । तर, यस्ता कुरामा पनि तपाईं मुस्कुराईदिनुभयो भने उनी मख्ख पर्छ ।

५. तपाईंको रुची नै उसको रुचीः
तपाईंसँग प्रेममा परेपछि उसका रुचीहरु बदलिन्छन् । अब तपाइंको रुचीलाई नै उसले आफ्नो रुची सम्झिन्छ । तपाईंलाई मन पर्ने गीत, फिल्म, किताब अब उसलाई पनि मन पर्न थाल्छन् । यति सम्मका कुरा भएपछि तपाई बुझ्नुहोस कि उ तपाईसँग प्रेम गर्न चाहन्छ । प्रेमको यर्थात परिभाषा नभएपनि एक अर्काले देखाउने सामिप्यता, सद्भाव नै प्रेम हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org