ताजा समाचार

सहमतिमै श्रीमानलाई छाडेर देवरसँग बिहे, छोरीलाई भनिन् ‘अब अंकललाई बाबा भन्नू’

एजेन्सी, २ फागुन । भारतमा एउटा अनौठो तथा रोचक घटना घटेको छ । एक महिलाले श्रीमानको सहमतिमै आफ्नै देवरसँग बिहे गरेकी छन् । उनले बिहे मात्रै गरिनन् छोरीलाई समेत आफ्नै देवरसँग राखिन् । र छोरीलाई भनिन्, ‘अबदेखि उहाँलाई अंकल होईन् बाबु भनेर बोलाउनु ।’

भारतको बिहार राज्यको भागलपुरको एक परिवारमा भाउजुको देवरसँग प्रेम भएपछि परिवार विभाजित हुनबाट बचाउन दाजुलै नै देवरभाउजुको विवाह गरिदिएका हुन् । बिहेपछि दाजुले भाइबुहारीलाई आशीर्वाद दिँदै गाउँ छोडेर गएका छन् । उनले आफ्नी छोरी पनि उनीहरुलाई सुम्पिदिएका छन् ।

फिल्मी शैलीको यो घटनामा ३० वर्षका पवन गोस्वामीकी श्रीमती प्रियंका गोस्वामीको आफ्नै देवर साजन गोस्वामीसँग प्रेम भएको थियो । यो सम्बन्ध २ वर्षदेखि चलिरहेको थियो । उनीहरुले भागेर बिहे गर्ने तयारी गरिरहेको कुरा दाजु पवनले थाहा पाएपछि उनीहरुको खुलीको लागि आफैंले दुवैको विवाह गरिदिएका हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org