ताजा समाचार

आइसीसी डिभिजन टूः क्यानडाद्धारा नेपालसामू १९५ रनको लक्ष्य पेश

काठमाडौं, २ फागुन । आइसीसी डिभिजन टूको आफ्नो अन्तिम खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ । क्यानडाले पूरै ५० ओभरको समाप्तिमा १९४ रन बनायो । नामिबियाको विन्डहक स्थित मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा १९४ रन बनाएको हो ।

क्यानडालाई १९४ रनमा समेटने क्रममा नेपालका बसन्त रेग्मी ३, सन्दीप लामिछाने २ र सरद भेषावकर र करन केसीले समान १/१ विकेट लिए । क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित  नटआउट १०३ रन बनाए । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी भएका छन् । त्यस्तै सतसिमरन्जित ढिन्ड्साले नटआउट १८ रन बनाए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org