ताजा समाचार

प्रदेश ७ को मुख्यमन्त्रीमा डोटीका सांसद् त्रिलोचन भट्ट नियुक्त शपथ ग्रहण शनिवार

धनगढी, ३ फागुन । प्रदेश ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

डोटीबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद भट्ट यसअघि नै माओवादी प्रदेश ७ को संसदीय दलको नेतामा चयन भएका थिए । मुख्यमन्त्रीको शपथग्रहण भने आगामी शनिबार गरिनेछ । शुक्रबार ग्रहण लाग्ने भएकाले त्यसलाई टार्न शनिवार
शपथग्रहण गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org